गोदावरी नगरपालिकाको प्रतिक चिन्ह लोगो निर्माण

युग संवाददाता     453 पटक पढिएको    

गोदावरी नगरपालिकाको प्रतिक चिन्ह लोगो निर्माण

 


अत्तरिया। कैलालीको गोदावरी नगरपालिकाले प्रतिक चिन्ह लोगो निर्माण गरेको छ। नगरपालिकाले प्रतिस्पर्धा मार्फत लोगो निर्माण गरेको हो।

जसका लागि नगरपालिकाले मंसिर ४ गते सूचना जारी गरेर लोगो पेश गर्न आवेदन माग गरेको थियो। जसमा १७ जनाले आवेदन दिएकोमा अत्तरिया प्रिन्टर्सले तयार पारेको लोगो छनोट भएको हो।छनोट भएको लोगोमा माथि ‘आत्मनिर्भर सुन्दर समृद्ध गोदावरी’ लेखिएको छ।

लोगोको बीच भागमा नगरको नक्सा गोदावरी धाममा रहेको हनुमानको मुर्ति, कलस अत्तरिया चोक,लामितालको तस्बिर राखिएको छ। लोगोमा पहाड र तराईको फाट झल्किने तस्बिर समावेश छ भने आधुनीक सहरको परिकल्पना गरिएको तस्बिर पनि छ। उक्त लोगो नगरपालिकाको १०७ औं कार्यपालिका बैठकबाट अनुमोदन गरिसकिएको छ। नगरपालिकाले उत्कृष्ट लोगो निर्माण गर्नेलाई ५१ हजार दिने जनाएको छ ।



मङ्गलबार २३, माघ २०८० ०१:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal