पूर्व राजा ज्ञानेन्द्र शाहले धनगढीमा नागरिक अभिनन्दन गर्ने

युग संवाददाता     299 पटक पढिएको    

पूर्व राजा ज्ञानेन्द्र शाहले धनगढीमा नागरिक अभिनन्दन गर्ने

धनगढी  वैशाख २५ ।  पूर्व राजा ज्ञानेन्द्र शाहले सुदुरपश्चिम प्रदेशमा जेठ पाँच गते   नागरिक अभिनन्दन गर्ने  भएका छन् । धनगढीमा आज नागरिक अभिनन्दको सचिवालय स्थापना गरी पत्रकार सम्मेलन मार्फत मुल आयोजक समितिका संयोजक जयन्त चन्दले  पत्रकार सम्मेलनमा बताए ।  पुर्व राजा  शाहले पछिल्लो पटक आफ्नो सक्रियता बढाएका छन् । 

No description available.


 नागरिक अभिनन्दनको नामा पुर्व राजाले  धनगढीमा पनि अभिनन्दन गर्ने मुल आयोजक समितिका संयोजक जयन्त चन्दले जानकारी दिनु भयो ।  राप्रपाका केन्द्रिय सदस्य राजेश भण्डारीले नागरिक अभिनन्दन कार्यक्रमा करिव पचास हजार जन सहभागिता रहने बताएका छन् । उनका अनुसार नागरिक अभिनन्दन कार्यक्रममा युवाहरुको उल्लेखिन सहभागिता रहने पनि उनले पत्रकार सम्मेलनमा बताए । 

उक्त कार्यक्रममा स्वतन्त्र नागरिकहरु उपस्थित हुन पाउनेछन् । ‘राजा कुनै दल, कुनै पार्टी, कुनै व्यक्तिको हुँदैनन्, राजा सबैको साझा हुन्छन् ।’ आयोजकले  साझा राजालाई सबैले सहयोग गर्न सबैलाई अपिल गरेका छन् । 



सोमबार २५, बैशाख २०८० १०:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.