प्रधानमन्त्रीको भारत भ्रमणको तयारी अन्तिम चरणमा छ ः परराष्ट्रमन्त्री साउद

युग संवाददाता     152 पटक पढिएको    

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी अन्तिम चरणमा छ ः  परराष्ट्रमन्त्री साउद


महेन्द्रनगर,१७ वैशाख । नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणप्रकाश  एनपीसाउदले नेपाल भारत सीमा क्षेत्रमा देखिएको समस्या समाधान तत्तकाल  गर्ने   बताएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको र भ्रमणका क्रममा औपचारिक रूपमा सीमा समस्या बारे छलफल हुने उनले बताए ।
आफ्नो दुहिदिने भ्रमणका क्रममा गृह जिल्ला कञ्चनपुर पुगेका परराष्ट्र मन्त्री साउँदले नेपाल  प्रेस युनियन कञ्चनपुर शाखाले  आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

 मन्त्री साउदले  भने, ‘दुवै देशको आन्तरिक तयारी अन्तिम चरणमा पुगेको छ, छिट्टै मिति तय भएर भ्रमण हुन्छ ।’ भ्रमणमा थुप्रै कामहरू गर्नुपर्ने भएकाले अलि ढिलाइ भएको हो । भ्रमणका क्रममा सीमा समस्या, सुख्खा बन्दरगाह निर्माणमा एमओयु लगायतका सन्धि सम्झौता कार्यान्वयन तथा नयाँ थुप्रै कामहरू गर्नुपर्ने भएकाले यसको अध्ययन गरेरै भ्रमण गर्ने तयारी भइरहेको उनले बताए । 

‘थुप्रै आयोजनामा एमओयुका काम छन्, सीमाका समस्या  समाधानका कुरा छन्, महाकाली सिचाई तेस्रो चरणको पानीको कुरा छ, पुराना सन्धि सम्झौताका कुरा छन् ।’ उनले भने, ‘सबै पक्षको प्राथमिकता निर्धारण गरी छलफलबाट समाधान निकाल्छौ ।’



आइतबार १७, बैशाख २०८० ११:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.