कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

युग संवाददाता     299 पटक पढिएको    

कैलालीमा लागुऔषधसहित २ जना पक्राउ


धनगढी फागुन २१  कैलालीमा लागुऔषधखैरो हेरोईनसहित २ जना पक्राउ परेका छन्। आज दिउँसो २स्२० बजेको समयमा लागू औषधको कारोवार भईरहेको भन्ने विशेष सुचनाको आधारमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो।

कैलारी गाउँपालीका २ उजेली सिमरा स्थित सोही ठाउँ वडा नम्बर ७ कोठा गरी बस्ने २१ बर्षीय आषिश चौधरी र कैलालीको घोडाघोडी ४ का २७ बर्षीय करन रावल रहेका छन्। यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय हसुलिया कैलालीबाट प्रहरी टोली खटीएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट १८ ग्राम ६८० मिलिग्राम लागुऔषध ९खैरो हेरोईन० बरामद गरीएको हो। पक्राउ परेका दुबै जनामाथी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।



आइतबार २१, फागुन २०७९ ०२:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal