लागुऔषधसहित एक जना पक्राउ

युग संवाददाता     210 पटक पढिएको    

लागुऔषधसहित एक जना पक्राउ

 


धनगढीमाघ ८ कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका–२ रिङरोडमा बस्दै आएका ३० वर्षीय राजेश पाल पक्राउ परेका हुन्। अत्तरिया बसपार्क नजिकै म २ प १५३० नम्बरको स्कुटीमा सवार डडेल्धुरा अमरगढी नगरपालिका–९ घर भएका पाललाई आइतवार पक्राउ गरिएको कैलाली प्रहरीले बताएको छ ।

प्रहरी टोलीले चेकजाँच गर्दा पालले लगाएको जिन्स पाईन्टको बाँया खल्ती र दाहिने खुट्टाको जुत्ताभित्र लुकाई राखेको ६ थान पलाष्टिकमा राखेको पुडियासहित उनलाइ पक्राउ गरिएको छ। ५४० मिलिग्राम लागु औषधखैरोहेरोईन सहित पाललाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ।



आइतबार ०८, माघ २०७९ ०९:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.