सुदूरपश्चिममा हुँन सकेन मन्त्रिमण्डल विस्तार

युग संवाददाता     315 पटक पढिएको    

सुदूरपश्चिममा हुँन सकेन मन्त्रिमण्डल विस्तार

धनगढी माघ ५ सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएको एक साता पुगेको छ। प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र रावल नियुक्त भएको एक साता पुगेपनी मन्त्रिमण्डल विस्तार गर्न ढिलाई भएको छ । मुख्यमन्त्री रावलले गत पुस २८ गते पद तथा गोपनीयताको सपथ लिएका थिए। यस्का साथै उनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट र नेकपा एमालेकी सन्तोषकुमारी शर्मा थापालाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए।

तर, त्यसपछि मुख्यमन्त्रीले विना विभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिन सकेका छैनन् भने अन्य मन्त्री पनि नियुक्त गर्न सकेका छैनन्। मुख्यमन्त्री रावलले विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने देखिएको छ। मन्त्रिमण्डल विस्तार गर्न मुख्यमन्त्री रावलले केन्द्रको निर्देशन कुरिरहेको देखिन्छ। सोही विषयमा छलफल गर्न उनको नेतृत्वमा एक टोली काठमाडौं गएको छ। शिर्ष नेता सँग भेटघाट गरी प्रदेश मन्त्रिमण्डल विस्तार तथा विश्वासको मत लगायतका विषयमा छलफल हुन स्रोतले बताएको छ।

मुख्यमन्त्री रावलसहितको टोलीले आजै काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम हुने एक जना प्रदेश सभा सदस्यले बताए। यस्तै नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीसहित सोही दलका प्रदेश सभा सदस्यहरू पनि काठमाडौं जान लागेका छन्। आफ्ना माग र मुद्दा पूरा हुनुपर्ने अडान राखिरहेका उनीहरूले कारागारमा रहेका रेशम चौधरीसँग भेटघाट गर्ने बताइएको छ। प्रदेशका मुख्यमन्त्री रावलले पनी नागरिक उन्मुक्ति पार्टी संरक्षक रेशम चौधरीसँग विश्वासको मतको विषयमा छलफल गर्ने र त्यसपछि रावलले नागरिक उन्मुक्ति पार्टीसँग पनी विश्वासको मत माग्ने बताएको छ।



बिहिबार ०५, माघ २०७९ ०८:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.