प्रचण्डलाई  एकीकृत समाजवादीले  विश्वासको मत दिने

युग संवाददाता     226 पटक पढिएको    

प्रचण्डलाई  एकीकृत समाजवादीले  विश्वासको मत दिने

काठमाडौं पुस २६ । नेकपा  एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकले सर्तसहित प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । आज प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । 

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले सरकारलाई समर्थन गर्ने विषयमा निर्णय लिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकले सरकारलाई विश्वासको मत दिएर पनि प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । 

सचिवालय बैठक सकिएसँगै आजै पार्टीको संसदीय दलको बैठक बोलाइएको छ । उक्त बैठकमा सचिवालय बैठकको निर्णयानुसार दलका नेतालाई निर्देशन दिने तथा विश्वासको मत दिन ह्विप जारी गर्दैछ । पार्टीको सङ्घीय प्रतिनिधिसभामा १० सदस्य छन् ।

 केही दिन अगाडि बसेको पार्टीको पोलिटब्यूरो बैठकले सत्ता पक्षीय सबै दलको समन्वयमा निर्माण भएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि त्यसका अध्ययनका आधारमा सरकारलाई समर्थन गर्ने विषयमा टुङ्गो लगाउने निर्णय गरेको थियो । सरकारको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक भएको थियो । 



मङ्गलबार २६, पुष २०७९ ०६:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.