असुरक्षित गर्भपतन सम्बन्धि संचारकर्मीसँग अन्तरक्रिया सम्पन्न

युग संवाददाता     252 पटक पढिएको    

असुरक्षित गर्भपतन सम्बन्धि संचारकर्मीसँग अन्तरक्रिया सम्पन्न

धनगढी १४  धनगढीमा असुरक्षित गर्भपतन जनस्वास्थ्य नीति निर्माण र जनचेतनामा संचारकर्मीको भूमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ। बुधाबार स्वास्थ्य लाइभ मिडिया काठमाडौंको आयोजनामा धनगढीमा सम्पन्न कार्यक्रममा कैलालीका स्वास्थ्य क्षेत्रमा कलम चलाउने  पत्रकारहरूको सहभागीता रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा मिडिया क्षेत्र स्वास्थ्य सम्बन्धि सूचना र सन्देश प्रवाह गर्ने माध्यम भएकाले पत्रकारहरूले स्वास्थ्य सम्बन्धि नीति निर्माण गर्न र सर्वसाधारणमा धारणा विकास गर्न अहम् भूमिका खेल्ने भएकाले कार्यक्रम राखिएको स्वास्थ्य लाइभ मिडियाका अर्जुन अधिकारीले बताएका थिए।

कार्यक्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक श्याम लम्सालले असुरक्षित गर्भपतन र जनस्वास्थ्य सम्बन्धि सरकारी नीतिबारे प्रस्तुती राखेका थिए।कार्यक्रममा नेपालमा सुरक्षित गर्भपतनका लागि कानुनी प्रवधान, औषधि तथा स्वास्थ्य संस्थाको उपलब्धता नागरिकहरूको व्यवहारबारे प्राध्यापक लम्सालले प्रस्तुती देखाएका थिए।

 
यस्तै, कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा सुरक्षित गर्भपतन सेवाको अवस्था बारे सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काले प्रस्तुतीकरण दिएका थिए।


कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमाल जोशी, स्वास्थ्य पत्रकार संघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष शेरबहादुर ऐरलगायत कैलालीका तीन दर्जन बढी पत्रकारहरूको सहभागीता रहेको थियो।



बिहिबार १४, पुष २०७९ १२:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal