विष्णु पौडेलसहित एमालेबाट चार जना सरकारमा

Yugnepal     172 पटक पढिएको    

विष्णु पौडेलसहित एमालेबाट चार जना सरकारमा
तस्बिर – फाइल ।



काठमाडौं । नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेलसहित चार जना सरकारमा जाने भएका छन् । उपप्रधान मन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाँदैछन् । यस्तै दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने एमालेको तयारी छ । उनीहरूको सम्भवतः आजै शपथ ग्रहण हुनेछ ।

केही बेरपछि नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदैछन् । राष्ट्रपति कार्यालय शितल निवासमा हुने शपथ कार्यक्रममा सत्ता गठबन्धनबाट सिफारिसमा परेका अन्य उपप्रधानमन्त्री तथा मन्त्रीहरूले शपथ दिने जनाइएको छ । 



सोमबार ११, पुष २०७९ १०:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.