गृहमन्त्री खाँणलाई हराउँदै राप्रपाका बोहरा विजयी

युग संवाददाता     294 पटक पढिएको    

गृहमन्त्री खाँणलाई हराउँदै राप्रपाका बोहरा विजयी

 


रुपन्देही / प्रतिनिधिसभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३मा राप्रपाका दीपक बोहरा विजयी भएका छन् । बोहोराले गृहमन्त्री एव‌ं सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई २६८१ मत अन्तरले पराजित गरेका हुन्। रुपन्देही ३ का मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार ९३ हजार ६ सय ५ सय ६७ मतमध्ये बोहराले ३६ हजार ७१७ मत प्राप्त गरेका थिए।
खाँणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए । बोहरालाई एमाले, राप्रपा र जसपाको तर्फबाट उम्मेदवार थिए । बोहरा नेपालको राजनीतिमा ४ दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका छन् । २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनी २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी भएका थिए । उनी २०७० सालमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०४४ मा निर्माण तथा यातायातमन्त्री, २०४३ मा निर्माण तथा यातायात राज्यमन्त्री, २०४० मा पर्यटन राज्यमन्त्री, २०३८ सालमा पर्यटन राज्यमन्त्री र २०३८ मा पर्यटन सहायकमन्त्री, २०७३ सालमा आपूर्तिमन्त्री, २०७४ मा स्वास्थ्यमन्त्री, २०७२ मा श्रम तथा रोजगार मन्त्री, २०६७ मा वन तथा भूसंरक्षण मन्त्री बनेका थिए ।



शनिबार १०, मङि्सर २०७९ ०२:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.