नेकपा बहुमतका जिल्ला इन्चार्जसहित ८ पक्राउ

युग संवाददाता     286 पटक पढिएको    

नेकपा बहुमतका जिल्ला इन्चार्जसहित ८ पक्राउ

 

धनगढी मंसिर ४  कञ्चनपुरमा प्रहरीले नेकपा बहुमत का जिल्ला इन्चार्जसहित ८ जनालाई नियन्त्रणमा लिएको छ। भीमदत्त नगरपालिका–४ स्थित भृकुटी माध्यमिक विद्यालय मतदान केन्द्र बाहिरबाट इन्चार्ज हरिश दयालसहित ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  


उनीहरुलाई निर्वाचन विरोधी पर्चा, पम्पलेट बाँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। इन्चार्ज दयालबाहेक अन्यको नाम भने प्रहरीले खुलाएको छैन। नेकपा बहुमत र नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव बहिष्कारको आह्वान गर्दै आएका छन्।



आइतबार ०४, मङि्सर २०७९ ०६:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal