निर्वाचनका दिन सवारी साधन सञ्चालनमा रोक लगाइने

युग संवाददाता     366 पटक पढिएको    

निर्वाचनका दिन सवारी साधन सञ्चालनमा रोक लगाइने


धनगढी मंसिर २  निर्वाचनका दिन कैलालीमा सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। मंसिर ४ गते आइतबार हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका दिन सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। निर्वाचनका दिन, मतदानको दिन एम्बुलेन्स, शववाहन, दमकल, फलफूल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन,फोहोर मैला ओसारपोसार गर्ने सवारी साधन,आकस्मिक बिरामी बोकेका गाडी बाहेक अरु गाडी सञ्चालन गर्न नपाइने सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
मतदानको दिन अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालन गर्न नपाइने उनले बताए। आदेश अनुसार आफुले मापदण्ड कार्यान्वयका लागि सूचना जारी गरिएको हो। यस्तै उम्मेदवार, उम्मेदवारको एक जना निर्वाचन प्रतिनिधिले पास लिनुपर्ने र पास लिएका गाडी मात्रै सञ्चालन हुने जनाइएको छ। पास लिएका गाडीमा पनि परिचयपत्र बाँहेकका व्यक्ति, मतदाताहरुलाई बोक्न पाइने छै्न भने मतदान केन्द्रमा गाडि लैजान पाइने छैन्। मतदानको दिन कसैले मापदण्ड विपरित सवारी साधन प्रयोग गरेको पाइएमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

 



शुक्रबार ०२, मङि्सर २०७९ ११:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal