कैलारीमा गठबन्धनको कार्बाहीमा परेका काँग्रेसका चौधरी विजयी

युग संवाददाता     533 पटक पढिएको    

कैलारीमा गठबन्धनको कार्बाहीमा परेका काँग्रेसका चौधरी विजयी


माओवादी ‘क्लीन स्वीप’

धनगढी जेठ ५  कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनबाट कार्बाहीमा परेका काँग्रेसका उम्मेदवार विजयी भएका छन्। गठबन्धनको सिट बाँडफाँडमा माओवादी केन्द्रको भागमा परेको भन्दै कार्बाहीमा परेका काँग्रेसका राजसमझ चौधरी गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्। 


उनले गठबन्धनका आधिकारिक उम्मेदवार माओवादीका लाजुराम चौधरीलाई पराजित गरेका हुन्। राजसमझले १० हजार ४ सय ९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४ सय ३० मत प्राप्त गरेका छन्। उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरी विजयी भएकी छन्।


उनले १० हजार ४ सय ८४ मत ल्याएर निर्वतमान उपाध्यक्ष माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारुलाई पराजित गरेकी छन्। उम्मेवारी फिर्ता लिने बेलासम्म गठबन्धन दलमा सहमति नजुट्दा काँग्रेसका तर्फबाट अध्यक्षमा राजसमझको उम्मेदवारी कायम रहेको थियो। उनी रुख चिह्नबाटै चुनाव लडेका थिए। 

कैलारी गाउँपालिकामा कांग्रेसले १ देखि ९ वडासम्म पूरै प्यानलसहित जितेको छ । गत चुनावमा गाउँपालिका अध्यक्ष समेत जितेको माओवादी यसपालि ‘क्लीन स्वीप’ भएको छ ।



बिहिबार ०५, जेठ २०७९ ११:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal