एमाले संग कुनै पनि हालतमा सहकार्य हुँदैन महासचिव ः भुसाल

Sunil Auji     827 पटक पढिएको    

एमाले संग कुनै पनि हालतमा सहकार्य हुँदैन महासचिव ः भुसाल

धनगढी चैत ८ नेकपा एकिकृत समाजवादी पाटीका महासचिव डा वेदराम भुसाले  हाम्रो पार्टीले  एमाले संग कुनै पनि किसमको राजनीती एकता  तथा चुनावी तालमेल सहकार्य नहँुने बताएका छन् । आज धनगढीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव भुसालले सो कुरा बाताएका हुन ।  उनले भने एमाले सरकारमा हुँदा केपी शर्मा ओलीले नेपालको संविधानलाई कुल्चीएर संसद विघटन गरी नेपाली जन्तालाई अध्यारोमा धकेलेको तानाशाही शानसन संविधान विपरीत काम गरी इतिहास कायम गरेको एमाले पाटी संग नेकपा एकिकृत समाजवादी पाटीको सहकार्य हुँन नसकिने महासचिव भूसाले बताए । 
उनले भने  एमालेबाट विद्रोह गरेर आफूले निर्माण गरेको पार्टीमा देशव्यापी लहर चलेको छ । आगामी निर्वाचन आफ्नो पार्टीको अग्निपरीक्षा भएकाले त्यसको तयारीमा केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह  गरे । 
‘अहिले हाम्रो अग्निपरीक्षा सुरु भइरहेको छ । तर, हामीले दुईवटा अग्निपरीक्षामा सफल भइसकेका छौँ । केपी ओलीलाई पराजित गरेर कलम चिह्नले जितिसकेका छौँ । हाम्रो पार्टीको तागतलाई मान्छेहरूले अनुमान गरिरहेका छन् । 
दुई तिहाइको सरकार हुँदा ओलीको अहंकारको कारणले प्रतिनिधिसभा विघटन गरेर उपलब्धि ध्वस्त पार्न खोजेको महासचिव भुसालले कटाक्ष्य  गरे । 
ओलीले हामीलाई पार्टीबाट निकालेपछि विद्रोहको झण्डा लिएर हिँड्यौँ’ उनले भने, ‘ओलीमा दक्षिणपन्थी धार देखियो । क्रान्तिकारी धार छाडे, भ्रष्टाचारमा डुबे, गफमा मात्रै सिमित छन् ।
त्यो कुरा जनताले बुझिसकेका छन् ।  हामीले विद्रोह गरेर निर्माण गरेको पार्टी नेकपाको निरन्तरता हो। नेकपा एमाले अब एमाले रहेन ।  
साथै उनले भने गठबन्धनका दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहमा मात्र नभइ ा देशैभरि गठबन्धन गरिनु पर्ने धारणा अघि सारेको पनि उनले बताए ।  
माओवादीले एकीकृत समाजवादीले गठबन्धन लाई नै  स्थानीय निकाय निर्वाचनमा तालमेललाई प्राथमिकतामा राखेको छ । तर कांग्रेसमा चुनावी गठबन्धनबारे स्पष्ट रुपमा दुई धार रहेकाले गठबन्धनबारे छलफल नभएको तर संस्थापन पक्षय भने गठबन्धन गर्ने  पक्षयमा  रहेको उनले बताए । 



मङ्गलबार ०८, चैत २०७८ ०९:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.