एमालेले सुदूरपश्चिममा एस नेतृत्वको सरकारलाई विश्वासको मत दिने

युग संवाददाता     178 पटक पढिएको    

एमालेले सुदूरपश्चिममा एस नेतृत्वको सरकारलाई विश्वासको मत दिने

 


धनगढी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ । एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले एसलाई विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको बताए । 

उनले अझै प्रदेशको छलफलमा भने लगिनसकेको बताए । जेठ ३ गते बिहीबार बस्ने प्रदेश सभा बैठकमा सोडारीले विश्वासको मत लिँदैछन् । 

केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच दन्तबझान जारी रहे पनि पछिल्लो समय माहोल बदलिएको विश्लेषण गरिएको छ ।  यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष भूमिका खेलेको बालुवाटार स्रोत बताउँछ ।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि जेठ ३ गते बिहान १०स्३० बजे प्रदेशसभाको बैठक बस्ने सूचना टाँस गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

यसअघि यही बैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगन गरिएको थियो । सत्ता साझेदार नेकपा ९एमाले०ले आफूहरुको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो । 

गत बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारीले संविधानअनुसार एक महिनाभित्र ९जेठ ५ गतेभित्र० विश्वासको मत लिइ सक्नुपर्छ । 

यसअघि विश्वासको मत लिने तयारी गरेका सोडारीलाई असंवैधानिक ढङ्गले मुख्यमन्त्रीमा नियुक्त गरिएको जिकिर गर्दै नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्रीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने निर्णय गरेको थियो । 

 नागरिक उन्मुक्ति पार्टी ९नाउपा० संसदीय दलका प्रमुख सचेतक खुसीराम डगौराले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन ९ह्वीप० जारी गरेका थिए । नाउपामा देखिएको आन्तरिक किचलो अझै साम्य हुन सकेको छैन ।

 नेकपा एमाले नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा नेकपा ९एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा माओवादी केन्द्रको सभामुखबाहेक १०, नेकपा एमाले को ११, नागरिक उन्मुक्ति पार्टीको सात, नेकपा ९एकीकृत समाजवादी  पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् ।



मङ्गलबार ०१, जेठ २०८१ ०१:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal