एमसीसीको विरोध गर्ने रावलसँग रिसाए प्रधानमन्त्री देउवा

युग संवाददाता     714 पटक पढिएको    

एमसीसीको विरोध गर्ने रावलसँग रिसाए प्रधानमन्त्री देउवा

 

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी नेपालको अहितमा रहेको बताउँदै आएका पूर्व मन्त्री एवं एमाले नेता भीम रावलप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोश व्यक्त गरेका छन् । नुवाकोट पुगेका प्रधानमन्त्री देउवाले एमसीसीका बारेमा जवाफ दिनपर्ने भो भन्दै पूर्व मन्त्री रावलप्रति आक्रोश पोखेका हुन्। 

प्रधानमन्त्री देउवाले रावल मन्त्री हुँदा एमसीसीको प्रक्रिया अघि बढेको पटक पटक सुनाए । उनले यस परियोजनाको विरोध गर्ने एमाले नेता भीम रावलले आफैँ मन्त्रिपरिषद्मा रहँदा सो परियोजना पास गरेको तर अहिले आएर विरोध मात्र गरेको प्रसङ्ग उल्लेख गरे । 

प्रधानमन्त्री देउवाको प्रश्न थियो, “आफैँ मन्त्री भएका बेला मन्त्रिपरिषद्बाट पास गरेका भीम रावलले त्यस बेला किन आलोचना गर्नुभएन रु त्यति बेला राजीनामा नदिएर के हेरेर बसेको रु” 

देउवाले आक्रोशित हुँदै भने, “आफू पार्टीको नेता र मन्त्री हुँदा आफैँले मन्त्रिपरिषद्बाट पारित गर्ने अनि अहिले किन विरोध गर्दै छन् रु विरोध गर्ने भए त्यसैबला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्दैनथ्यो रु” 

उनले एमसीसी नेपालको हितमा रहेको आफ्नो धारणा दोहोर्‍याए । उनले हालै प्रतिनिधिसभाबाट पारित भएको उक्त एमसीसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरू भ्रम मात्र भएको पनि स्पष्ट गरे । देउवाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको पनि बताए । 



सोमबार ३०, फागुन २०७८ ०६:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.