जबर्जस्ती करणीको आरोपमा वडा सचिव पक्राउ

देश

Yugnepal     970 पटक पढिएको    

जबर्जस्ती करणीको आरोपमा वडा सचिव पक्राउ

जबर्जस्ती करणीको आरोपमा वडा सचिव पक्राउ


धनगढी– बालिकामाथि जबर्जस्ती करणीको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ का सचिव यज्ञ आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा नम्बर ४ स्थित बालिकाको घरमा गइ सचिव आचार्यले उनकी आमासँग झगडा गरेको र १२ वर्षिया सिता चौधरी ९नाम परिवर्तन० लाई जबरजस्ती गर्न खोजेपछी स्थानीयले पक्राउ गरेको बताइएको छ।

पीडित बालिकाको काकाको निवेदनको आधारमा वडा सचिव आचार्यलाई जबर्जस्ती करणी उद्योग अन्तर्गत मुद्दा चलाइने इलाका प्रहरी कार्यलय सुखडका प्रमुख यक्षराज जोशीले जानकारी दिए।

आचार्यले आफूमाथी गाली गलौज गर्नुका साथै हातपात गर्न खोजेको बालिकाले बताएकी छन्। यता वडा सचिब यज्ञ आचार्यले आफू गलत मनसायले त्यहाँ नगएको बताए। आफ्नो गल्ती भए जस्तोसुकै सजाए भोग्न तयार रहेको उनको भनाइ छ।



आइतबार ०८, बैशाख २०७६ ०१:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal