कलेलले दिए दोस्रो चरणमा बमलाई समर्थन

युग संवाददाता     480 पटक पढिएको    

 

धनगढी फागुन १८  नेपाली कांग्रेस कैलालीको नयाँ सभापति चयन गर्न बिहीबार मतदान हुँदैछ। पहिलो चरणमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारको ५० प्रतिशत मत नआएपछि दोस्रो चरणमा मतदान हुन लागेको हो। पहिलो चरणमा आइतबार भएको निर्वाचनमा प्रकाश बम, नारायणदत्त भट्ट र रामबहादुर कलेल प्रतिस्पर्धामा उत्रिएका थिए। सोमबार सकिएको मतगणनाअनुसार बमले एक हजार १६९, भट्टले एक हजार ७२ र कलेलले १९७ मत प्राप्त गरेका थिए। तर, कसैको पनि ५० प्रतिशत मत नआएकाले दोस्रो चरणमा बिहीबार मतदान हुन लागेको हो। अब बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ।

यता, डा शेखर कोइरालानिकट उम्मेदवार कलेलले भने दोस्रो चरणमा बमलाई समर्थन गर्ने भएका छन्। कलेलले आज बुधबार पत्रकार सम्मेलनमार्फत आफूले बमलाई सभापतिमा सर्मथन गर्ने घोषणा गरेका छन्। यस्तै उनले आफ्ना मतदातालाइ अब सभापतिका उम्मेदवार प्रकाश बमलाइ मत दिन आग्रह समेत गरेका छन्।


यसअघि पहिलो चरणको निर्वाचनमा जम्मा दुई हजार ५८६ मतदाता रहेकोमा दुई हजार ५७६ मत खसेको थियो। खसेकोमध्ये ४८ मत बदर भएको थियो। 



बुधबार १८, फागुन २०७८ ०७:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.