धनगढी नेपाली काङ्ग्रेस कैलालीको सभापति चयनका लागि पुनः निर्वाचन हुने भएको छ ।
१४ औं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा चुनाव हुने भएको हो ।
निर्वाचनमा जम्मा दुई हजार ४८६ मत खसेको थियो । जस अनुसार सभापतिका उम्मेदवारले सो पद्मा विजय हासिल गर्नका लागि कम्तीमा पनि एक हजार २४४ मत ल्याउनु पर्ने थियो ।
तर, कसैले पनि ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेनन् । अन्तिम मत परिणाम अनुसार सभापतिका उम्मेदवार प्रकाश बमले एक हजार १६९,नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरेका छन् ।
अब सभापतिका लागि बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ । दुवै जना संस्थापन पक्षका हुन । दोस्रो चरणको निर्वाचन फागुन १८ गते बुधबार हुने निर्वाचन समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस