क्षतिपूर्ति छानविन गर्न मन्त्री बडूको आयोगलाई निर्देशन

युग संवाददाता     615 पटक पढिएको    

क्षतिपूर्ति छानविन गर्न मन्त्री बडूको  आयोगलाई निर्देशन


  काठमाडौं÷माघ २७ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानविन सम्बन्धी कार्य र वेपत्ता पारिएका व्यक्तिको परिवारले पाउनुपर्ने क्षतिपूर्ति उपलब्ध गराउने सन्दर्भमा आयोगमार्फत हुने काम तीब्र रुपमा अगाडि बढाउन निर्देशन दिनुभएको छ । 
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आर्थिक वर्ष २०७८÷७९ को अर्धवार्षिक तथा तेस्रो त्रैमासिक प्रगति समिक्षा बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री बडूले पीडित व्यक्तिको न्यायका लागि सत्य अन्वेषण तथा छानविनको काममा गतिदिन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । 
स्थानीय तहसम्मका जनतामा न्याय पु¥याउने उद्देश्यले गठित न्यायीक समितिहरुबाट प्रभावकारी रुपमा न्यायसम्पादनका लागि जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिबृद्धि गर्न आवश्यक रहेको भन्नुहुँदै मन्त्री बडूले कानून क्षेत्रका प्रशिक्षित जनशक्ति तयार गर्न र  जनप्रतिनिधिहरुलाई निर्वाचित भएको पहिलो चौमासिकभित्र नै तालीमको व्यवस्था मिलाउन निर्देशन दिनुभयो । 
उहाँले विगतमा कोरोना महामारीका कारण समस्या भएकोले अब सूचना प्रविधिको प्रयोग गरेर भए पनि कार्यसम्पादनमा तिब्रता दिनुपर्ने र अर्को बैठकमा स्पष्ट प्रगति विवरणसहित उपस्थित हुन मन्त्रालय र मन्त्रालय सम्बद्ध निकायलाई आग्रह गर्नुभयो । 
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्रलाभ कर्ण, मन्त्रालयका सचिव उदयराज सापकोटा, नेपाल कानून आयोग, सत्यनिरुपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग, न्याय सेवा तालिम केन्द्रलगायत निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । 



बिहिबार २७, माघ २०७८ ०८:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.