अनेरास्ववियुद्धारा कालो झण्डासहित प्रदर्शन

युग संवाददाता     473 पटक पढिएको    

अनेरास्ववियुद्धारा कालो झण्डासहित प्रदर्शन

धनगढी। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्रालय अगाडि कालो झण्डासहित प्रदर्शन गरेको छ ।

स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न माग गर्दै अनेरास्ववियुले मन्त्रालय अगाडि कालो झण्डासहित प्रदर्शन गरेको हो । उनीहरूले ‘स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर’ भन्दै नाराबाजी समेत गरेका थिए ।


उनीहरु सरकारले जन अपेक्षा अनुसार काम गर्न नसेको भन्दै सरकारविरुद्ध नाराबाजी पनि गरेका छन् । संविधान र कानूनअनुसार नै स्थानीय तहको निर्वाचन हुनुपर्ने उनीहरुको माग छ ।संविधान रकानूनअनुसार नै स्थानीय तहको निर्वाचन हुनुपर्ने भन्दै प्रदर्शन गरिएको अनेरास्ववियु कैलाली अध्यक्ष किशोर शाहले बताएका छन् ।



बुधबार १९, माघ २०७८ ०२:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal