अवैध ४५ थान सालको काठसहित एकजना पक्राउ

युग संवाददाता     515 पटक पढिएको    

अवैध ४५ थान सालको काठसहित एकजना पक्राउ

धनगढी माघ १७ । कैलालीमा अवैध ४५ थान सालको काठसहित एकजना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ बडिगाउँस्थित सोल्टा चिसापानी सडक खण्डमा भे १ त ६४७९ नम्बरको ट्याक्टरलाई चेक जाँच गर्ने क्रममा ७ फिटे ४५ कडी थान अवैध सालको काठ बरामद गरेको हो ।
सोल्टा चिसापानी सडक खण्डमा कसेनी बाट चिसापानी तर्फ आउँदै गरेको चालक जिल्ला सुर्खेत चौकुने गाउँपालिका वडा नम्बर १० घाटगाउँ बस्ने अन्दाजी २० बर्षीय चक्र बहादुर थापाले चलाएको ट्याक्टरबाट उक्त काठ बराम गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।ओसारपसार भइरहेको अवस्थामा अवैध सालको काठ बरामद गरेको छ । ट्याक्टरबाट २६।२५ क्यु फिट काठ बरामद गरिएको हो। उक्त ट्याक्टर र चालकलाई आबश्यक कारवाहीको लागि सब डिभिजन बन कार्यालय चिसापानी कैलाली पठाइएको प्रहरीले जनाएको छ ।



सोमबार १७, माघ २०७८ ०६:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal