हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाद्धारा गोदामघरको  शिलान्यास

युग संवाददाता     1021 पटक पढिएको    

हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाद्धारा गोदामघरको  शिलान्यास


धनगढी माघ १३ । हिमशिखर बहु–उद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नै बीउ उत्पादन, प्रशोधन र बजारीकरणका लागि निर्माण हुने भवनको शिलान्यास गरेको छ ।

१२ कठ्ठा ४ धुर जमिनमा कैलारी गाउँपालिका–१ मा निर्माण हुने भवन बिहीबार सुदूरपश्चिम प्रदेशकी भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरीले शिलान्यास गरेकिहुन् ।

कृषि ज्ञान केन्द्रको ४० लाख र हिमशिखर बहु–उद्देश्य सहकारी सस्स्थाको १० लाख ४० हजार तीन सय ५९ गरी कुल ५० लाख ४० हजार तीन सय ५९ रुपैंयाको लागतमा बन्ने भवन २०६९ असाढ १५ गते सम्म निर्माण सम्पन्न हुने जनाइएको छ ।

संस्थाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम सरकारका भूमि, कृषि  तथा सहकारी मन्त्री माननीय बिनिता चौधरी रहेकिथिइन् ।

कार्यक्रममा बिशिष्ठ अथिति कैलारी गाउँपालीका अध्यक्ष लाजुराम चोधरी र कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख खगेन्द्र शर्मा रहेका थिए, भने संस्थाका सम्पूर्ण पदधिकारी लेखा समितिका  पदाधिकारी, कार्यालय प्रमुख, शाखा प्रवन्धक लगायत कर्मचारीको उपस्थिती रहेको थियो ।

भवन शिलान्यास कार्यक्रममा कृषि ज्ञान केन्द्र धनगढीका कार्यालय प्रमुख खगेन्द्र शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए, भने, कार्याक्रम सञ्चालन संस्थाका सचिव बिमल कुमार जोशीले गरेको थियो ।



बिहिबार १३, माघ २०७८ ०६:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal