ईलाका प्रहरी कार्यालय  हिरासत भित्रै एक जना मृत्यु

युग संवाददाता     720 पटक पढिएको    

ईलाका प्रहरी कार्यालय  हिरासत भित्रै एक जना मृत्यु

 धनगढी असोज २५ ईलाका प्रहरी कार्यालय टीकापुरको हिरासतभित्रै एक पुरुष मृत फेला परेका छन् । प्रहरी चौकी तोरैयाँपुरले आइतबार पक्राउ गरेर टीकापुरलाई बुझाएका ३५ वर्षीय धन बहादुर राना मगर सोमबार बिहानै झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।


हिरासत कक्ष भित्र रहेको शौचालयको भेन्टिलेसनको जाली च्यातिएको झ्यालको सरियामा सेतो स्याण्डो ९गन्जी० को डोरी बनाई घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा शव फेला परेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

घटनाको अनुसन्धानका लागि जिल्लाबाटै एसपीको कमान्डमा टोलि आइरहेको र मृतकका आफन्त सुर्खेतबाट आइरहेकाले आफन्त पुगेपछि मात्र शव बाहिर निकालिने डिएसपी सापकोटाले जानकारी दिए ।गाउँमा भैंसी चोरेर लादै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।



सोमबार २५, असोज २०७८ ०४:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal