प्रथम विधान महाधिवेशनमा एमालेमा उपमहासचिव पद खारेज

युग संवाददाता     1147 पटक पढिएको    

प्रथम विधान महाधिवेशनमा एमालेमा उपमहासचिव पद खारेज

 


काठमाडौं १५  शुक्रबारबाट सुरु भएको एमालेको प्रथम विधान महाधिवेशनमा पेश भएको विधान संशोधन प्रस्तावमा ५ जना उपाध्यक्षको व्यवस्था गरिएको छ। त्यस्तै यसअघि प्रस्ताव भएको उपमहासचिव पद खारेज भएको छ। उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा यसअघि एमालेमा ४ जना उपाध्यक्ष रहने भनिएको थियो।


यता पौडेलले तयार पारेको विधान संशोधन प्रस्तावमा उपमहासचिवको प्रस्ताव नै गरिएको छैन। पौडेलको प्रस्तावमा ६ जना सचिव रहने गरी विधान संशोधन गर्न प्रस्ताव गरिएको छ। अहिले एमालेमा ५ जना सचिव रहेका छन्।  प्रस्तावमा केन्द्रीय पदाधिकारीसमेत गरी २२५ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव पनि गरिएको छ। प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीको पदेन सदस्य रहने व्यवस्था गर्ने पनि संशोधन प्रस्तावमा रहेको छ।



शुक्रबार १५, असोज २०७८ ०३:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal