मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ साउन १४ देखि

युग संवाददाता     850 पटक पढिएको    

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ साउन १४ देखि

अनलाइन खबरबाट

७ साउन, काठमाडौं । मैलुङ खोला जलविद्युत कम्नीले सात लाख ३६ हजार २८६ कित्ता आईपीओ जारी गर्ने भएको छ । साउन १४ उक्त बिक्री खुला गरिने आईपीओ सर्वसाधरणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता छुट्याइएको छ ।

प्रतिकित्ता एक सय रुपैयाँ अङ्कति कुल सात करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता आइपिओ निष्कासनको लागि असार २३ गते धितो पत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषको लागि छुट्ट्याइएको छ । त्यसबाट बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।


आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ । आइपिओ बिक्री छिटोमा साउन १८ गतेसम्म र ढिलोमा साउन २८ गते बन्द हुने कम्पनीले जनाएको छ । आइपिओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।



बिहिबार ०७, साउन २०७८ ०१:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal