सेती प्रादेशिक अस्पताललाई अक्सिजन खरिद गर्न ३ लाख सहयोग

युग संवाददाता     666 पटक पढिएको    

सेती प्रादेशिक अस्पताललाई अक्सिजन खरिद गर्न ३ लाख सहयोग

धनगढी । धनगढीका हमाल दाजुभाइले सेती प्रादेशिक अस्पताललाई अक्सिजन खरिद गर्न ३ लाख रुपैयाँ सहयोग गरेका छन्।अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीलाई अक्सिजनको चरम अभाव सिर्जना भएको र ज्यान गुमाउँन बाध्य भएपछि दिनेश सञ्चार गृहका प्रबन्ध निर्देशक गोपाल हमाल र दिनेश सोपका कार्यकारी अध्यक्ष देवेन्द्र हमालले सहयोग गरेका हुन्।

हमाल दाजुभाइले विहीबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेलाई सो रकम हस्तान्तरण गरेका छन्।दिनेश सञ्चार गृहका प्रबन्ध निर्देशक हमालले भने, “अब सरकारको भर नपरौं। आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं। जसले जहाँबाट जे सक्छ, त्यहाँबाटै सहयोग गर्ने हो, भन्ने सोचले आफैबाट सुरुवात गरेका हौं।” मानवीय सेवामा सबै जुट्नु पर्ने समेत हमालको भनाइ छ।

पछिल्लो समय कोरोनाको दोस्रो लहर फैलिएपछि संक्रमण र मृत्युदर विकराल रुप लिएको छ। यहाँका अस्पतालहरु संक्रमितले भरिएका छन्। संक्रमितहरु अक्सिजन नपाएरै ज्यान गुमाउन बाध्य भएका छन्। सेती प्रादेशिक अस्पतालमा पनि अक्सिजनको चरम अभाव भएको छ।

अस्पतालले सहयोगी हातहरुलाई अक्सिजन सहयोगको अपील गर्दै आएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर पाण्डेले खाली वा भरिएको सिलिण्डरका साथै अन्य सहयोग गरेर विरामीको उपचारमा सहयोग गर्नुपर्ने बताएका छन्।



शुक्रबार ३१, बैशाख २०७८ १०:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal