अनाथ, दाउरा बेचेर पेट पाल्ने पाईथागोरस यसरी बने महान् दार्शनिक
काठमाडौं । यूनान देशको थ्रेस प्रान्तको अब्डेरा नगरमा एक अनाथ बालकले दाउरा काटेर बजारमा लैजान्थे । अनि बेचेर आफ्नो पेट पाल्ने गर्थे । उनको सम्पुर्ण दिन त्यहि काममा बत्थ्यो । एक दिन एक सज्जन व्यक्तिले देखे, एक सानो बालकले आफ्नो अगाडि दाउराको सानो भारी राखेर बेच्ने प्रयास गरिरहेको । एउटा कुराले ती व्यक्तिलाई छक्क पार्यो । दाउराको भारी अरुको भन्दा एकदमै राम्रो मिलाएर कलापूर्ण दंगले बाँधिएको थियो ।
उनले बालकको बुद्धि परिक्षा लिने मनसायले सोधे, ुके यो भारी तिमी आफैले बाधेको होरुु
बालकले भने, ुहजुर १ मैलै नै दाउरा काट्छु, भारी बान्छु र प्रतिदिन बजारमा बेचेर जीविकोपार्जन गर्छु।ु
व्यक्तिले भने, ुके तिमी यसलाई खोलेर फेरी यसरी नै कलापुर्वक दंगले बँध्न सक्छौ रुु
बालकले भने, ुहेर्नुहोस म अहलिले भारी फुकालेर बाँधिदिनेछु ।ु
यति भनेर उनले दाउराको भारी खोले, दाउरा यता(उता छरीदिए। त्यसपछि फेरी सावधानीले एउटा दाउरालाई आधार बनाएर त्यसको चौतर्फि सानो दाउराहरु सजाए अन्त्यमा त्यस्तै कलापुर्वक ढंगले दाउराको भारी बाँधिदिए। त्यो काम उनले यति लगन र फुर्तिका साथ गरे कि उसलाई कसैले मेरो अगाडि बसेर मेरो क्रियाकलापलाई राम्ररी हेरिरहेको छ भनेर केही याद रहेन ।
ज्जन व्यक्तिमा बालकको कलापूर्ण ढंगले धेरै प्रभाव पार्यो । ुयो बालक सानो काम पनि पूरा मन लगाएर कलापूर्ण ढंगले पूरा गर्ने दुर्लभ संस्कार छ । यस्तो संस्कार भएको मानिस नै ठूलो भएर संसारमा महान् बन्दछ ।ु उनले सोचे, ुयो बालकको चरित्रमा जुन महान्ताको बीज छ त्यसलाई बकसित हुने अवसर दिनु पर्छ । हुन सक्छ यो बालक पछि गएर संसारको केहि भलाई गर्न सक्ने छ ।ु
उनले भने, ुहेर बाबु १ तिमी मसंग जान चाहान्छौ रु म तिमीलाई पढाउन चाहन्छु । तिम्रो पढाई, खानपिन, कपडा, बसाइ आदि सबैको जिम्मेवारी म उठाउने छू ।ु बालक केहिबेर सोचिरहे । उनि पढ्न लेख्न चाहन्थ्यो । उनले केहि पढेकन पनि थिए । दाउरा काटेर आफ्नो जीविकोपार्जनपछि बचेको समय उनको पढाइमै बित्थ्यो । उनले सो कुरालाई स्विकार दिए ।
सज्जन व्यक्तिले बालकलाई आफ्नो साथमा लगेर गए अनि उनको सबै शिक्षा(दीक्षाकको प्रवन्ध स्वंय गरे । एक दिन ती बालक ठुलो विद्वान भए । ठुलोभएपछि ती बालक यूनानको महान् दार्शनिक पाईथागोरस कहलिए । अनि ती सज्जन व्यक्ति जसले एक दृष्टिमा बालकमा छुपेको महान्तालाई पहिचान गरेका थिए उनी थिए यूनानका विश्व विख्यात तत्वज्ञानी डेमोकीट्स ।
तपाई आफ्नो कार्यहरुलाई हेर्नुहोस विहानदेखि बेलुकासम्म गरेको कामहरुको जाच गर्नुहोस । अनि फेरि स्वंय निर्णय गर्नुहोस कि के त्यसमा तपाईले आफ्नो छुपेको महानताको परिचय दिनुभयो रु के त्यसबाट तपाईको चरित्रको कलात्मक, सुरुचि, सुव्यवस्था र सन्तुलन प्रकट हुन्छ रु के तपाईको कार्य तपाईको चरित्रको गौरवको अनुकुल छ रु के त्यसबाट तपाईको असाधारण योग्यता बुद्धि र सुझबुझ प्रकट हुन्छ रु के त्यसमा तपाईको व्यक्तित्वको बिशेषताहरु भरिएका छन् रु
महान्ता हाम्रो चरित्र र स्वभावमा प्रचुरताले भरिएको छ । हामीले यहि पक्षमा मनन चिन्तन गरेर यसलाई विकसित गर्नुपर्छ । तमोगुणले हाम्रो अन्त(करणमा मलीनता उत्पन्न गर्दछ जसबाट अशुभ विचारहरु आउदछन् । चित्तमा शान्त, पवित्र र उच्च विचारहरुलाई दृढपूर्वक स्थान दिनुपर्छ । आफ्नो सार्थकता, आफ्नो शक्ति, आफ्नो दैवी गुणहरुको चिन्तन गर्नाले मस्तिष्क बलवान बन्छ, अनि हृद्यबाट प्रफुल्लताको झर्ना प्रवाहित हुन थाल्छ । आफ्नो सतगुणमाथि ध्यान दिनाले आत्मबल बढ्छ ।
तपाईको सफलता यहि कुरामा निर्भर गर्दछ कि तपाईले कति अंश आफ्नो महत्ताको अनुभव गर्नुहुन्छ । आफूप्रति तपाईको कति विश्वास छ तपाईले त्यसलाई कति प्रतक्ष्य व्यवहारमा ल्याउनुहुन्छ त्यसले तपाईको जीवनको दिशानिर्देश गर्नेछ ।
प्रतिकृया दिनुहोस