निषेधाज्ञा तोड्दै युवाहरूको संविधान रक्षार्थ प्रदर्शन

युग संवाददाता     642 पटक पढिएको    

निषेधाज्ञा तोड्दै युवाहरूको संविधान रक्षार्थ प्रदर्शन

 

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा संविधानको रक्षा गर्नुपर्ने माग राख्दै युवाहरूले बिहीबार प्रदर्शन गरेका छन्। जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच धनगढीको मुख्य बजार क्षेत्रमा भेला भएका उनीहरूले संविधान र लोकतन्त्रको पक्षमा नाराबाजी गरेका थिए।


प्रदर्शनकारीहरूले “रगत र बलिदानबाट प्राप्त गरेको संविधानको रक्षा गर”, “लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो”, “राष्ट्रपति बन्धकी बनाउन पाइदैन” जस्ता नारा लेखिएका प्लेकार्डसहित जुलुस निकालेका थिए

विशेषगरी नेपाली कांग्रेस निकट नेविसंघ, तरुण दल तथा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट युवा सङ्घमा आवद्ध युवाहरूको सहभागिता रहेको थियो। युवाहरूले संविधानमाथि आक्रमण हुने कुनै पनि प्रयास अस्वीकार्य हुने चेतावनीसमेत दिएका छन्।



बिहिबार २६, भदौ २०८२ १२:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal