महाकाली चार लेन सडकलाई भारतीय राजमार्गसंग जोड्ने सहमति

Yugnepal     842 पटक पढिएको    

महाकाली चार लेन सडकलाई भारतीय राजमार्गसंग जोड्ने सहमति

धनगढी । कञ्चनपुरको महाकालीमा निर्माणाधिन चार लेन पुल र सडकलाई भारतले आफ्नो राष्ट्रिय राजमार्गस“ग जोड्न सहमति गरेको छ ।


कामचलाउ सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भरखरै भएको भारत भ्रमणका क्रममा दुई देशबीच भएका सहमतिबारे जानकारी दिदै महाकाली चार लेन पुल र सडकलाई भारतको राष्ट्रिय राजमार्गसंग जोड्न सहमत भएको बताए ।

‘निर्माणाधिन महाकाली चार लेन पुल र सडकलाई आफ्नो राष्ट्रिय राजमार्गको सडक सञ्जालमा जोड्न भारत सहमत भएको छ’ परराष्ट्रमन्त्री ज्ञवालीले सञ्चारकर्मीहरुसंग भने– यसले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड प्रदेशको सडक सञ्जाल मजबुत हुनेछ ।

कञ्चनपुरको महाकाली नदीमा २०७४ सालदेखि चार लेनको पक्की पुल निर्माण भइरहेको छ ।
तीन अर्ब २७ करोड रुपैयाको लागतमा निर्माण भइरहेको पुलको ५७ प्रतिशत भौतिक प्रगती पुरा भइसकेको जनाइएको छ ।



मङ्गलबार ०६, माघ २०७७ ०१:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.