प्रतिनिधिसभा विघटनबारे प्रधानमन्त्रीले सर्वोच्चमा पेश गरे १५ बुँदे लिखित जवाफ पूर्णपाठ सहित

युग संवाददाता     1004 पटक पढिएको    

प्रतिनिधिसभा विघटनबारे प्रधानमन्त्रीले सर्वोच्चमा पेश गरे १५ बुँदे लिखित जवाफ पूर्णपाठ सहित

 


रातोपाटीबाट 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुको कारणसहित सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुका सम्बन्धमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले दिएको आदेशअनुसार प्रधानमन्त्री ओलीले महान्यायाधिवक्ताको कार्यालयमार्फत आइतबार अदालतमा लिखित जवाफ पेश गरेका हुन् ।


प्रधानमन्त्री ओलीले पठाएको १५ बुँदे लिखित जवाफमा संविधान गतिशील दस्तावेज भएको जिकिर गर्दै यसको दीर्घ जीवनका लागि यसले बोकेका मूल्यका आधारमा अभ्यास गर्दै जानुपर्ने जनाएका छन् । ‘संवैधानिक व्यवस्थाको प्राविधिक अर्थमात्र लगाइनु हुँदैन,’ उनले जवाफमा लेखेका छन्, ‘स्वार्थ परक तवरले गरिने संकिर्ण व्याख्याले संवैधानिक अभ्यासलाई मार्गदर्शन गर्न सक्दैन ।’


शासन व्यवस्थामा नियन्त्रण र सन्तुलन कायम गर्न संसदीय व्यवस्थामा प्रधानमन्त्रीमा अन्तरनिहीत अधिकारको प्रयोग गरी नयाँ जनादेशका लागि जनतासमक्ष जाने निर्णय भइसकेको अवस्थामा यो विषय न्यायिक पुनरावलोकन गर्नुपर्ने अवस्थाको नरहेको उनले तर्क छ ।

हेर्नुहोस्, प्रधानमन्त्रीले सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफ-



आइतबार १९, पुष २०७७ ०७:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal