सूचना तथा प्रचार बिभाग कैलालीको संयोजकमा अयडी, सचिवमा ऐर

युग संवाददाता     1235 पटक पढिएको    

सूचना तथा प्रचार बिभाग कैलालीको संयोजकमा अयडी, सचिवमा ऐर

 

 


धनगढी, १० पुस नेपाल प्रजातान्त्रिक महासंघ सूचना ,प्रविधि तथा प्रचार बिभागको कैलाली शाखाको संयोजकमा गगन अयडी र सचिवमा शेरबहादुर ऐरलाई मनोनयन गरिएको छ ।

प्रेस युनियन कैलालीका सदस्य , फोटो पत्रकार महासंघका उपाध्यक्ष तथा खेलकुद पत्रकारिता मंचका सदस्य अयडीलाई संयोजकमा र नेपाल प्रेस युनियन सदस्य एवं स्वास्थ्य पत्रकार मंच सुदूरपश्चिमका संयोजक ऐरलाई सचीवमा शुक्रवार मनोनयन गरिएको महासंघको सूचना , प्रविधि तथा प्रचार बिभाग केन्द्रिय संयोजक रोजी ढकाल पराजुलीले बताइन ।

शुक्रबार बिभागको कैलाली शाखामा सदस्यहरुमा कुसुम धामी, रतनलाल चौधरी , राजकुमार साउँद , विवश चौधरी , चन्द्रप्रसाद खनाल , पुष्कर पौडेल , बिरेन्द्र शाह , महादेव गिरी र नरेन्द्रप्रसाद चौधरीलाई मनोनयन गरिएको सूचना ,प्रविधि तथा प्रचार बिभाग सुदूरपश्चिम संयोजक दीपेन्द्र बस्नेतले बताए ।



शुक्रबार १०, पुष २०७७ ०५:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal