काँग्रेस सतामा जाने हल्ला कपोकल्पितः नेता एनपी साउद

Yugnepal     1208 पटक पढिएको    

काँग्रेस सतामा जाने हल्ला कपोकल्पितः नेता एनपी साउद


धनगढी 
नेपाली काँग्रेसका नेता एनपी साउदले काँग्रेस सरकारमा जाने कुराको हल्ला कपोकल्पित भएको बताएका छन्। सोमवार अछाममा हुने विरोध सभालाई सम्बोधनका लागि धनगढी पुगेका नेता साउदले प्रेस युनियन कैलालीले आईतवार आयोजना गरेको पत्रकार सम्मेलनमा सो बताएका हुन्। गएको निर्वाचनमा नेपाली काँग्रेसले जनताबाट प्रतिपक्षको जिम्मेवारी पाएको छ, नेता साउदले भने,–‘पाँच बर्षसम्म लगातार हामी प्रतिपक्षमै बस्छौं,पाँच बर्षपछि जनताबाट अनुमोदित भएर मात्र सत्तामा जान्छौं।’ ७०÷७५ बर्षको ईतिहास भएको नेपाली काँग्रेस, ७÷७ जना पार्टी अध्यक्ष र त्यसबाट प्रधानमन्त्री भएका छन्,उनले भने,–सत्तामा जाने, प्रधानमन्त्री, मन्त्री बन्ने कुरा महत्वपुर्ण होइन जनताको आस्था र विश्वास जित्ने कुरा महत्व हो।’ काँग्रेस सतामा जान्छ भन्ने कम्युनिष्टले जनता माझ भ्रमको खेती गरेको नेता साउदले आरोप लगाए। पार्टीलाई मिलाएर जनताका माझ जान्छु भनेर सता पक्षले प्रतिवद्धता जनाएको थियो त्यो पनि असफल भयो,उनले भने,‘– त्यस कारण असफल भएको विचार र दर्शनमा हामी गठबन्धन गर्न सक्दैनौं, जनताबाट अनुमोदित भएर मात्र सत्तामा जान्छौं।’ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले निर्वाचनमा जनताका माझ गरेका बाचा र घोषणा, कोभिडबाट त्रसित समस्यालाई भुलेर पार्टीको सत्ता संघर्षमा रुमलिएको उनले आरोप लगाए। मह्रगी आकासिएको, बेरोजागार बढ्दै गएको, देशको अर्थतन्त्र चौपट भएको र किसान मजदुर विपन्न वर्गलाई खान लगाउने नपुग्ने परिस्थिति सिर्जना भएको बताउँदै नेता साउदले नेकपाका हरेक गतिविधी देखेर जनता निराश भएका छन्। निराशको अभिव्यक्तिले नेपाली काँग्रेसको चिन्ता के रहेको छ भने त्यो निराश अभिव्यक्तिले कहिले काही प्रजातन्त्रका विरुद्ध नसोजियोस, प्रजातन्त्र र संविधान यसको भिक्टीम नबनोस, यही चिन्ताले काँग्रेसले सरकारलाई सजक गराउँदै आएको र सरकार त्यतातिर लाग्ने संकेत नदेखिएको उनले बताए। पटक पटक काँग्रेसले जनताका समस्या सम्वोधन गर्न र अभिव्यक्ति दिन संसद अधिवेशन चाहिन्छ, तत्काल अधिवेशन बोलाउनुपर्छ भन्दै आएका छौं, उनले भने,‘तर विडम्वनाको कुरा आपसी अन्तरविद्रोहका कारण संसद अधिवेशन बोलाउने सन्दर्भमा यो सरकारले तदारुपता देखाएको छैन।’ उपसभापति रामचन्द्र पौड्ललाई प्रहरी प्रशासन लगाएर गिरफ्तार गर्नु प्रजातन्त्र विरोधी कदम,अधिनायकवादी कदम रहेको नेता साउदले बताए।



आइतबार २८, मङि्सर २०७७ १२:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.