धनगढीमा विरोध सभा गगन थापा द्धारा सम्बोधन हुने भिडियो सहित

युग संवाददाता     1024 पटक पढिएको    

धनगढीमा विरोध सभा गगन थापा द्धारा सम्बोधन हुने  भिडियो सहित

 

धनगढी - दुईतिहाई सरकारका विरुद्ध  सोमवार धनगढीमा  विरोधसभा हुने भएको छ ।
  आईतवार  पत्रकार सम्मेलनको आयोजना गरी तयारी पुराभएको नेपाली काँग्रेस कैलालीले जनाएको छ ।

 सरकार विरुद्ध विरोधका कार्यक्रम अगाडी बढाउने पाटीको रणनीति अनुसार सोमबार कैलालीमा विरोध प्रदर्शन गर्ने  काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले बताएका छन् । उनका अनुसार  सरकारले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृह जिल्लामा गरिएको दुरव्यवहार  दमनका विरुद्ध   विरोध प्रदर्शन गरिने जानकारी दिए ।  
‘सरकारमा भष्टचार र व्यथिति बढ्दै गएको छ महिला हिसापनि बढेका छन् हामी यसको समेत विरोध गर्छौ’ उनले भने ।
काँग्रेसले प्रतिप्रक्षको भूमिका निभाउन नसेको आरोप खेपिरहेका बेला कैलालीमा विरोध प्रदर्शन आयोजना गर्न लागिएको हो ।
सोमवार हुने विरोध सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै पूर्व मन्त्री राम जनम चौधरी,नेपाली काँग्रेस प्रदेश सभा सचेतक टेकबहादुर रैका र धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले पनि विरोध कार्यक्रममा सम्बोधन गर्ने छन् ।

सोमवार ११ बजे धनगढीको चौराहा बाट सुरु भएको विरोध ¥याली पार्क चोकमा कोण सभामा परिन्त हुने काँग्रेस जिल्ला शाखाले जनाएको छ । विरोध सभामा कैलाली जिल्लाका विभिन्न क्षेत्रबाट १२ हजार बढीको सहभागिता हुने सभापति शाहले बताए ।
सोमवार काँग्रेसले देशव्यापी रूपमा ७७ वटै जिल्लामा विरोध सभा प्रदर्शन गर्न लागेको हो ।



आइतबार २८, मङि्सर २०७७ ११:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.