एकै घरका पाँचसहित छको मृत्यु, चार बेपत्ता, एकको उद्धार

Yugnepal     1272 पटक पढिएको    

एकै घरका पाँचसहित छको मृत्यु, चार बेपत्ता, एकको उद्धार


गोरखापत्र अनलाइनबाट 
अर्जुन काफ्ले 

स्याङ्जा, असोज ८ गते । अबिरल बर्षा सगैको पहिरोका कारण स्याङ्जाका वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकीमा गरी छ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता रहेका छन् ।
बिहीबार बर्षासँगै आएको पहिरोले तमादीमा घर पुरिदा एकै घरका पाँच जनाको मृत्यु भएको हो भने चार जना बेपत्ता रहेका छन् । पहिरोले पुरिएर एक जनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।
पहिरोले पुरिएर मृत्यु हुनेमा २८ बर्षी उमाकला नेपाली, ४८ बर्षिय माया नेपाली, ३० बर्षिय दीपक नेपाली, ६० बर्षिय सानी नेपाली, नौ बर्षिय बिबश नेपाली रहेको प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
परिवारकै चार जना बेपत्ता छन् भने घाइते १६ बर्षिय मनिषा नेपालीको थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखराको रिफर गरेको अधिकारीले बताउनुभयो ।
एक पाहुनासहित घरमा सुतिरहेको अवस्थामा १० जनालाई पुरेको बताउदै अधिकारीले एक जनाको जीवित उद्धार गरेको बताउनुभयो ।
उहाँले पहिरोले पुरेका चार जनाको खोजी कार्य जारी रहेको बताउदै जिवीतै भेटिने सम्भावना भने कमै रहेको बताउनुभयो । प्रहरी र स्थानीयबासी मिलेर उद्धार गर्ने काम भईरहेको बतााउदै अधिकारीले बर्षाले उद्धारमा समस्याा पारेको बताउनुभयो । यस्तै अविरल वर्षासगै आएको पहिरोले कालीगण्डकी गाउँपालिका ४ बिर्घा गौतमटोलमा१७ बर्षिय विष्णु परियार निधन भएको अधिकारीले बताउनुभयो । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट खसेको पहिरोले परियारलाई पुरेको हो भने अघरका अन्यको अवस्था भने सामान्य छ ।



बिहिबार ०८, असोज २०७७ ०१:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal