गोदावरीमा मिनी ट्रक र मोटरसाईकल जुध्दा दुईको मृत्यु

देश

Yugnepal     856 पटक पढिएको    

गोदावरीमा मिनी ट्रक र मोटरसाईकल जुध्दा दुईको मृत्यु

 गोदावरीमा मिनी ट्रक र मोटरसाईकल जुध्दा दुईको मृत्यु
 

कैलाली । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीमा मिनी ट्रक र मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्चनपुरको कृष्णपुर नगरपालिका ४ बस्ने तेज बहादुर रावल र डडेल्धुराको नबदुर्गा गाउपालिका ४ बस्ने वीर बहादुर रावल रहेका छन ।

पूर्वबाट पश्चिम तर्फ जादै गरेको से ३ प ९४२९ नम्बरको मोटरसाईकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भे १ ख १४१४ नम्बरको मिनी ट्रक बल्मीमा एक आपसमा ठक्कर खाएको थियो ।

मिनी ट्रकका चालक बाँकै बैजनाथ गाँउपालिका वडा नम्बर १ का २९ वर्षीय मान बहादुर ओलीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । दुर्घटनामा परेर गम्भीर घाईते भएका मोटरसाईकलमा सवार दुबै जनाको सेती अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।



मङ्गलबार १२, चैत २०७५ ११:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.