पश्चिम सेती जलविद्युत आयोजना  सेती नदीमाथिको पुलमा ७ सय ५० टुकी

Yugnepal     2011 पटक पढिएको    

पश्चिम सेती जलविद्युत आयोजना  सेती नदीमाथिको पुलमा ७ सय ५० टुकी

 

डडेल्धुरा  डोटीमा पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग गर्दै ७ सय ५० टुकी बालिएको छ। पश्चिम सेती निर्माणका लागि विभिन्न दबाबमुलक कार्यक्रम गर्दै आएको बोलन्या थली धनगढीले बिहीबार सेती नदीमाथिको पुलमा ७ सय ५० टुकी बालेको हो।
आउँदो बजेटमा पश्चिम सेतीलाई समावेश गरी निर्माण थाल्नुपर्ने मागसहित दिउँसै टुकी बालिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए।

आश्वासनका २८ वर्ष
पश्चिम सेती कहिले बन्छरु आजको रोगलाई त जितौँला भोलिको भोकलाई के गरौँलारु रिभर्स माईग्रेसनको व्यवस्थापन गरौं भन्ने नारासहित संस्थाले टुकी बालेको संयोजक जोशीले बताए।
बोलन्या थलीले हिजो आशा मर्‍यो, आज जवानी मर्दैछ, भोली सपना मर्नेछ भन्ने नारासहित यसअघि काठमाडौंमा कचौरा जुलुस, कलाकारसहित प्रर्दशनलगायतका दबाबमुलक कार्यक्रम गरेको थियो। 
७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना वषौंदेखि अनिर्णयको बन्दी भएपनि सरकारी स्तरबाट चासो नदिइँदा झनै अलपत्र परेको छ। टुकी बालेर गरेको प्रर्दशनमा डोटीका विभिन्न संघ संस्थाहरुले पनि साथ दिएको उनले बताए। 



बिहिबार ०१, जेठ २०७७ ०८:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal