कपडा ढुवानी गर्ने ट्रकलाई प्रहरी नियन्त्रणमा

Yugnepal     1284 पटक पढिएको    

कपडा ढुवानी गर्ने ट्रकलाई प्रहरी नियन्त्रणमा

ईश्वर जोशी  सुखड। कैलालीको घोडाघोडी नगरपालिका(१ सुखडमा खाद्यन्न ढुवानी भन्दै कपडा ढुवानी गरिरहेको ट्रकलाई बिहीबार बिहान प्रहरीले नियन्त्रण मा लिएको छ ।

वीरगञ्जदेखि कैलालीसम्मका लागि फेन्सी तथा लत्ताकपडा ढुवानी गरिरहेको ना६ख ४३५१ नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रण लिएको हो ।

सुखडमा रहेको ट्राफीक चेक पोष्टमा सोधपुछ गरी इन्ट्री गर्दा सवारी चालकले खाद्यन्न भएको बताएका थिए । तर, उक्त ट्रकमा कपडाका थान भेटिको थियो ।

खाद्यन्न ढुवानी भन्दै कपडा धुवानी गरिरहेको अवस्थामा ट्रकलाई नियन्त्रणमा लिएर राखिएको इलाका प्रहरी कार्यलय सुखडका प्रहरी प्रमुख हरिसरण भट्टले बताए ।



बिहिबार ०१, जेठ २०७७ ०५:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal