राहतको चामल आपूर्ति गर्ने ठाकुर ट्रेड लिंकलाई  दुई लाख जरिवाना

Yugnepal     1191 पटक पढिएको    

राहतको चामल आपूर्ति गर्ने ठाकुर ट्रेड लिंकलाई  दुई लाख जरिवाना


धनगढी  धनगढी उप–महानगरपालिकाले बाडेको राहतको चामल कुहिएको फेला परेपछि राहतको चामल आपूर्ति गर्ने ठाकुर ट्रेड लिंकलाई  दुई लाख जरिवाना गरिएको छ । राहतमा बाडेको खाद्यान्न गुणस्तरहीन भेटिएपछि खाद्यान्न आपूर्ति गर्ने ट्रेड लिंकलाई दुई लाख जरिवाना गरिएको हो ।

उप–महानगरपालिकाले बाडेको राहतको चामल कुहिएको भेटिए पछि स्थानीय आक्रोशित हुदै  राहतको चामल फिर्ता गरेका थिए । राहतको चामल कुहिएको फेला परेपछि जिल्लास्थित अनुगमन समितिको टोलीले ठाकुर ट्रेड लिंकलाई दुई लाख जरिवाना गरेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीका सूचना अधिकारी दीपक कुँवरले जानकारी दिए ।

उनका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार गुणस्तरहीन वस्तु वा सेवा प्रदान गरेबाफत २ लाख रुपैयाँ जरिवाना गरिएको हो ।



मङ्गलबार ३०, बैशाख २०७७ ०६:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal