भारतसँग जोडिएका सिमा नाका कडाइ गर्ने जिल्ला सुरक्षा समिति कैलालीले निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा विहीबार धनगढीमा सम्पन्न बैठकले भारतमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएको र कैलालीमा जोखिम बढेकाले सीमा क्षेत्रबाट हुन सक्ने आवागमन रोक्न थप कडाइ बनाउने निर्णय गरेको छ ।
उक्त निर्णयका कारण करिब डेढ महीनादेखि कैलालीको सीमापारि अलपत्र नेपाली नागरिकको तत्काल उद्धार नहुने सम्भावना देखिएको छ।
जोखिम न्यूनीकरणका लागि वडाध्यक्षको संयोजकत्वमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहितको निगरानी समूह गठन गर्ने निर्णयसमेत भएको जिल्ला सुरक्षा समितिले जनाएको छ।
प्रतिकृया दिनुहोस