थप तीन जनामा कोरोना संक्रमणको पुष्टि संख्या ५७ पुग्यो

Yugnepal     738 पटक पढिएको    

थप तीन जनामा कोरोना संक्रमणको पुष्टि संख्या ५७ पुग्यो


 वीरगञ्ज । बुधबार एकैदिन तीनजनामा कोरोना भाइरस कोभिड १९  को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमितहरू जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज २ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।



बुधबार १७, बैशाख २०७७ १२:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.