विवादित अध्यादेश फिर्ताको माग गर्दै नेविसंघ सडकमा

Yugnepal     1020 पटक पढिएको    

विवादित अध्यादेश फिर्ताको माग गर्दै नेविसंघ सडकमा

 

धनगढी । सरकारले ल्याएको अध्यादेश फिर्ता गर्न माग गर्दै कैलालीमा नेपाल विद्यार्थी संघले सांकेतिक प्रदर्शन गरेको छ ।

शुक्रबार विहानै उनीहरुले सुदूरपश्चिम प्रदेश सभा सचिवालय अगाडी प्रदर्शन गरेका हुन ।
विवादस्पद अध्यादेश फिर्ता गर, जनताको जिवन रक्षामा केन्द्रीत गर लगायतका नारा प्ले कार्डमा उल्लेख थियो ।

नेविसंघका केन्द्रीय सदस्य विनय लामाको नेतृत्वमा सामाजिक दुरी कायम गरी प्रदर्शन गरेका छन । लोकतन्त्रमाथि प्रहार गर्ने वर्तमान सरकारका विरुद्ध लडकाउनमा समेत विरोधमा उत्रन परेको नेविसंघ केन्द्रीय सदस्य विनय लामाले बताए ।



शुक्रबार १२, बैशाख २०७७ १०:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.