तरुण दलको चेतावनी अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रिने

Yugnepal     1028 पटक पढिएको    

तरुण दलको चेतावनी अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले सरकारले ल्याएका पछिल्ला अध्यादेशहरु फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । 

तरुण दलको अध्यक्ष जीतजंग बस्नेतले मंगलबार बिहान प्रेस विज्ञप्तिमार्फत अध्यादेश फिर्ता लिन माग गर्दै अन्यथा आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । 

“देश, जनता र लोकतन्त्र बिरोधी बिधेयक फिर्ता नलिए तरुण दल लोकतन्त्र र नेपाली जनताका पक्षमा आन्दोलनको जस्तोसुकै आँधिबेहरी ल्याउनसमेत पछि नपर्ने चेतावनी दिन चाहन्छु,” उनले भनेका छन्, “आन्दोलनले निम्त्याएको सम्पूर्ण क्षतिको जिम्मेवार केपी सरकार नै हुनेछ भन्ने स्मरण तरुण दल गराउन चाहन्छ ।” 

राष्ट्रपति विद्यादेवी भण्डारीले पास गरेका राजनीतिक दल र संबैधानिक परिषद्सम्बन्धी अध्यादेश आपत्तिजनक र गैह्रजिम्मेवार कदम भएको भन्दै तरुण दलले आपत्ति जनाएको छ । 

अध्यादेश रास्ट्रपतिबाट पारित हुनु देश र नागरिकका लागि दुर्भाग्यपूर्ण अवस्थाको चित्रण भएको तरुण दलले ठहर गरेको छ । 

“संसद छल्दै सरकारले पेस गर्ने र राष्ट्रपतिले सदर गर्ने गरी ल्याइएका अध्यादेशहरुले अस्थिरता निम्तिनेतर्फ मुलुक गएकोमात्र नभई प्रतिपक्षी दल बिना नै काम गर्न खोज्ने सरकारी रणनीतिले कम्युनिस्टले जितेमा मुलुक अधिनायकत्वतिर लम्किन्छ भन्ने कांग्रेसको निर्वाचन अगाडिको आँकलन सही हुँदै गएको देखिएको छ,” विज्ञप्तिमा भनिएको छ ।



मङ्गलबार ०९, बैशाख २०७७ ११:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal