आफूलाई पार्टीभित्रै ‘कू’ गर्ने संकेत पाएपछि प्रधानमन्त्री ओलीले ल्याए अध्यादेश

Yugnepal     1061 पटक पढिएको    

आफूलाई पार्टीभित्रै ‘कू’ गर्ने संकेत पाएपछि प्रधानमन्त्री ओलीले ल्याए अध्यादेश

काठमाडौं। आफूलाई पार्टीभित्रै ‘कू’ गर्ने संकेत पाएपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद वैठकबाट दल सम्बन्धी ऐनमा संसोधन सम्वन्धी अध्यादेश पारित गराएका छन्। मन्त्रीपरिषदबाट पारित सो अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझसम्म स्विकृत गर्ने बताइएको छ। 

देश कोरोना संकटमा जुध्नुपर्ने बेला प्रधानमन्त्री ओलीले ल्याएको दल सम्बन्धी ऐनमा संसोधनको प्रस्तावले मन्त्रिपरिषदकै सदस्यहरु आश्चर्यमा परेका थिए। सचिवालयका केहि सिमित व्यक्तिहरु र आफ्ना विश्वासिला केहि मन्त्रीलाई मात्र जानकारी रहेको सो प्रस्ताव केहि दोहोरो भनाभनका बीचमा मन्त्रिपरिषदमा प्रधानमन्त्रीले पारित गराएका थिए। 

मन्त्रिपरिषदमा रहेका पूर्व माओवादी र पूर्व एमालेमा रहेपनि फरक समुहमा रहेका केहि मन्त्रीले यसमा असहमत जनाएपनि ओलीले त्यो छलफललाई रोक्दै यो अध्यादेशले नेकपालाई असर गर्दैन शुक्रवारसम्म सबै थाहा पाउनुहुन्छ भनेर वैठक सकाएका थिए। उनले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी तत्कालै फुटको संघारमा पुगेको संकेत गर्दै त्यसलाई सहज बनाउन अध्यादेश ल्याउन लागेको संकेत आफू निकटहरुसँग गरेका थिए। तर कुन स्वार्थमा ति दल फुटाउन कानुन नै परिवर्तन गर्नुपर्‍यो भन्नेमा उनले दल भित्र प्रष्ट पारेका छैनन। साना दल फुटाएर त्यसको फाइदा ओलीले लिन चाहेको पनि हुनसक्ने केहि मत पनि छ। सतहमा जे सुकै भनिए पनि यो अध्यादेश आफनै लागि रक्षा कवचका रुपमा ओलीले ल्याएको स्रोतको दावी छ।   

नेकपालाई असर नगर्ने भन्दै प्रधानमन्त्रीले दिएको आश्वासन पूर्व माओवादी मन्त्रीहरुले पत्यानन्। उनीहरु वैठकबाट निस्कने वित्तिकै छुट्टै बैठक गरि अर्का अध्यक्ष प्रचण्डलाई भेटन खुमलटार गए। खुमलटारबाटै प्रचण्डले नेकपाका सचिवालय सदस्यहरुसँग समेत परामर्श गरेका थिए। त्यहाँ पूर्व माओवादीहरुको छुट्टै रणनीतिक बैठक समेत भइरहेको छ। नकेपालाई बुझेका एक राजनीतिक विश्लेषकले हाम्राकुरासँग भने, ‘नेकपा भित्रको द्वन्द लेउले ढाकेको मात्र थियो अब लेउ हटेर भुस देखिएको जस्तो छ।‘  

यहि द्व्नद उत्कर्षमा पुग्दा केहि दिनदेखि यूवा मृगौला हालेका प्रधानमन्त्री केपी शर्मा ओली यूवा जोशमै चर्को अभिव्यक्ति दिइरहेका थिए। उच्चस्तरिय सर्वदलीय संयन्त्र लगायतका बिषयमा उनले प्रचण्डलाई लक्षित गरि अभिव्यक्ति दिएका थिए। लकडाउनमा दैनिकीको कार्यतालिका सार्वजनिक गरेका प्रचण्डले दाउरामा मासु मात्र पकाएर नबसेको सूचना पाएपछि प्रधानमन्त्री एकाएक झस्किएका थिए। 

कोरोना संक्रमणको उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाएर यहि संकटमै नभए पनि कोरोना संकटपछि प्रधानमन्त्रीबाट हटाउने गृहकार्यमा प्रचण्ड लागेको सूचना पाएपछि ओली झस्किएका थिए। त्यो बेला आफ्नो हातबाट सरकारको नेतृत्व मात्र नभइ पार्टीको नेतृत्व पनि जाने देखेपछि उनले एकाएक अध्यादेशको तयारी गरेको नेकपा स्रोतले बताएको छ। यस बारेमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श गरिएको बुझिएको छ।   

पार्टी केन्द्रीय समिति र संसदीय दलमा दुवैमा चालि प्रतिशत नरहेको अवस्थामा पार्टीको सत्ताबाट वहिर्गमन हुनुपर्ने अवस्था आउँदा कसरी सुरक्षित अवतरण गर्ने भन्नका लागि अध्यादेशको त्यान्द्रो समातेर वैतरणी तर्ने प्रधानमन्त्री ओलीको प्रयास भएको प्रचण्ड निकट नेकपाका एक नेताले बताए।   आवश्यक परेको खण्डमा नेकपा फुटाउन सजिलो हुने गरी मन्त्रिपरिषदबाट अध्यादेश पास गरी राष्ट्रपति समक्ष पठाए पनि ओलीलाई पार्टी फुटाउन सजिलो नहुने कतिपयको बुझाई छ। पार्टी फुटाउने सम्मको अवास्था आए अहिले भएका नेताहरुले पनि प्रधानमन्त्री ओलीलाई छोड्ने नेकपाका एक नेताले दावी गरे। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट ओलीले राजनीतिक दल सम्बन्धी ऐनमा पार्टी विभाजनका लागि ४० प्रतिशत संसदीय दल वा केन्द्रीय समिति दुई मध्ये एकमा पुगे फुटाउन सक्ने गरी अध्यादेश ल्याएका हुन् । यस अघि संसदीय दल र केन्द्रीय समिति दुबैमा ४० प्रतिशत पुग्नुपर्ने प्रावधान रहेको थियो । 

सचिवालयका सदस्यहरु प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरु नजिकिएसगै प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको आभास पाएका थिए। त्यो छटपटाहट स्वयं प्रधानमन्त्री र उनका मन्त्रीमण्डलका उनी निकट मन्त्रीहरुको अभिव्यक्तिमा समेत देखिदै आएको थियो।  हाम्राकुरा बाट साभार



सोमबार ०८, बैशाख २०७७ ०८:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.