अबैध भरुवा बन्दुक बरामद श्रीमान् भागेपछि उनकी श्रीमती पक्राउ

Yugnepal     902 पटक पढिएको    

अबैध भरुवा बन्दुक बरामद श्रीमान् भागेपछि उनकी श्रीमती पक्राउ


धनगढी, वैशाख ८ गते । कैलालीको मोहन्याल गाउँपालिका –३ फल्लेबिसौनास्थित चन्चल भनिने बन्दुक धनी चन्द्रराज गिरीको घरबाट अबैध भरुवा बन्दुक बरामद भएको छ । तर उनी फरार रहेपछि प्रहरीले उनकी श्रीमती ४५ वर्षीया धनसरा गिरीलाई पक्राउ गरिएको छ ।
गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बौनियाबाट प्रहरी निरीक्षक अनिस भण्डारीको नेतृत्वमा खटिएको टोलीले आइतबार साँझ ५ बजे घरभित्र लुकाईछिपाई राखेको एक थान दुईनाले भरुवा बन्दुक बरामद गरेको थियो ।
गिरीको घरबाट अन्दाजी ३६।९ क्युफिट सालको काठ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता दक्षकुमार बस्नेतले बताए । उनले भने,फरार रहेका गिरीको खोजी कार्य भइरहेको र बन्दुक र काठ बारे थप अनुसन्धान भइरहेको छ ।



सोमबार ०८, बैशाख २०७७ ११:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.