प्रधानमन्त्री ओलीलाई सिकाए पूर्व राजा शाहले पाठ

Yugnepal     3432 पटक पढिएको    

प्रधानमन्त्री ओलीलाई सिकाए पूर्व राजा शाहले पाठ

 

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी ओलीलाई जनमतको अनादर गरेको भन्दै पाठ सिकाएका छन्। सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै शाहले दैनिक जिविका चलाउन नसकेर शहर छाडी आफ्नो घर हिडेका जन लश्करलाई शासकवर्गले ब्यवस्थापन गर्न नसकेकोको दुख व्यक्त गर्दै ओली सरकार श्रमिकको पक्षमा लोककल्याणकारी नबनेको उल्लेख गरेका छन्।

गत चैत्र ११ गते देखि कोरोना भाइरसको कारण लकडाउन हुदा श्रमिक, बिपन्न, न्युन आय भएका ब्यक्तिहरुको ज्यालाद्धारी काम समेत गुमेको छ। भाडा तिर्न तथा बिहान बेलुकाको छाक टार्न नसकेको कारण दैनिक हजारौको संख्यामा राजधानी लगायत बिभिन्न ठाउँबाट आफ्नो स्थायी वासस्थान गाउँतिर कष्टकर रुपमा हिडेर भोक भोकै जन लश्कर गइरहेका समाचार दिनानुदिन आइरहेका छन्।

आम नागरिकले सहज ढंगले घरजान चाहने ब्यक्तिहरुलाई सरकारले ब्यवस्थापन गर्न नसकेको भन्दै गुनासो पोखिरहेको अवस्थामा पूर्व राजाको यो टुइट आएको हो।

पूर्व राजा शाहले ट्युइटमा लेखेका छन्स् “दैनिक जिविका चलाउन नसकेर शहर छाडी आफ्नो घर आँगन पुग्न लागेको निरिह जन लश्करलाई सरकारले यथाशीघ्र उचित व्यवस्थापन गर्न असफल भएको देखिन्छ। संकट र संवेदनाको क्षणमा प्रहरी प्रशासनको सहयोगी भावमा पनि कमी आउँदैछ। शासकवर्गले यस क्षणलाई गम्भिरतापूर्वक नलिनु जनमतको अनादर गर्नु सरह हो।“

पूर्व राजा केही समयदेखि सार्वजनिक बिषयहरुमा संचारका बिभिन्न माध्यमबाट बोल्न थालेका छन् ।

 

 

G. Shah (ज्ञानेन्द्र शाह)@GBBShah

दैनिक जिविका चलाउन नसकेर शहर छाडी आफ्नो घर आगँन पुग्न लागेको निरिह जन लश्करलाई सरकारले यथाशीघ्र उचित व्यवस्थापन गर्न असफल भएको देखिन्छ । संकट र संवेदनाको क्षणमा प्रहरी प्रशासनको सहयोगी भावमा पनि कमी आउँदैछ । शासकवर्गले यस क्षणलाई गम्भिरता पूर्वक नलिनु जनमतको अनादर गर्नु सरह हो ।



शुक्रबार ०५, बैशाख २०७७ ०८:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal