कैलालीमा बलात्कारका घटना बढ्दै, लकडाउनको अवधिमा ८ जना पक्राउ

Yugnepal     893 पटक पढिएको    

कैलालीमा बलात्कारका घटना बढ्दै, लकडाउनको अवधिमा ८ जना पक्राउ

धनगढी । लकडाउनको अवधिमा कैलालीमा जबर्जस्ती करणीका घटना बढेका छन्। चैत ११ गतेदेखि बैशाखसम्म कैलालीका विभिन्न स्थानबाट जबर्जस्ती करणीको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

कैलाली प्रहरीले बुधबार १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको थियो। मंगलबार साँझ गोठाला गएका बेला जिल्लाको भजनी नगरपालिकाकी किशोरीमाथि बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जोशीपुर गाउँपालिका ४ लालपुर बाणी बस्ने वर्ष २९ का रामकुमार चौधरी, वर्ष २२ का मंगल चौधरी, वर्ष ३१ का सुरेश कुमार चौधरीलाई पक्राउ गरेको बताए। उनले कैलाली जिल्ला अदालतबाट १५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको बताए।

मंगलबार कैलाली प्रहरीले गौरीगंगा नगरपालिकाबाट १७ वर्षीया युवतीलाई सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा चारजनालाई पक्राउ गरेको थियो। कैलाली प्रहरीले  गौरीगंगा नगरपालिका ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्टलाई पक्राउ गरेको हो।

गौरीगंगा नगरपालिका १ चनौरामा रहेका आफन्तलाई भेटेर घर फर्किँदै गरेकी युवतीलाई खुरखुरिया नजिकैबाट नियन्त्रणमा लिई बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। कैलाली प्रहरीका अनुसार चारजना युवकले ती युवतीमाथि कुटपिट गर्दै जबर्जस्ती करणी गरेका थिए। प्रहरीले उनीहरुबाट धारिलो हतियार र मोटरसाइकलसमेत बरामद गरेको थियो।

चैत २१ गते कैलाली प्रहरीले २१ वर्षीया युवतीमाथि जवरजस्ती करणीको आरोपमा घोडाघाडीका एक युवकलाई पक्राउ गरेको थियो। घोडाघोडी नगरपालिका– ९ का २४ वर्षीय भुवन रावतलाई जबर्जस्ती करणी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको थियो। २० गते राति घरमा सुतिरहेको अवस्थामा कोठमा गएर युवकले युवतीलाई जबर्जस्ती करणी गरेका थिए।



बिहिबार ०४, बैशाख २०७७ ११:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.