लम्कीमा थप एक महिलामा कोरोना संक्रमण

Yugnepal     818 पटक पढिएको    

लम्कीमा थप एक महिलामा कोरोना संक्रमण

धनगढी । कैलालीमा थप एक जना ६४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । सो कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ पुष्टि गरेको छ ।
सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा। जगदिश जोशीका अनुसार कैलालीको लम्की चुहा नगरपालिका‐१ भुरुवाकी ती ६४ महिलालाई उपचारका लागि सोमबार विहान धनगढी ल्याइएको छ ।
संक्रमित महिलाको परिवारले पर्सा जिल्लाको बिरगञ्ज बसपार्कमा चिया व्यापार गर्ने गरेको थियो । उनीहरु विरगञ्जबाट ३६ जनाको समूहमा चैत्र १७ गते हिडेर १८ गते कैलाली पुगेको समेत बताइएको छ । ३६ जनामा २६ जना कैलालीको र अन्य दाङ ,अर्घाखाची लगायत ठाउँको रहेकोले सबैको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले बताए ।
कैलाली पुगेपछि उनीहरुलाई कैलालीको लम्की बहुमुखी क्याम्पसमा रहेको क्वारेइन्टानमा राखिएको थियो । उनीहरुको स्वाब संकलन गरेर केन्द्रीय प्रयोगशालामा पठाइएको थियो ।
लम्कीकी ती महिला सहित अव सेतीमा उपचार गर्नेको संख्या पाँच पुगेको छ । सबैको अवस्था सामान्य रहेको समेत डा। जोशीले बताए ।
अस्पतालका प्रवक्ता डा। जोशीले कोरोना संक्रमितहरुको खानपान र बसोबासमा बिशेष ध्यान पुगाएको दावी गरे । अहिलेको अवस्थामा केही आवश्वक स्वास्थ्य सामाग्रीहरु भएपनि प्रर्याप्त नरहेको समेत समेत डा। जोशीको भनाई छ ।
सेती प्रादेशिक अस्पताल कोरना रोगको बिशेष उपचारको लागि तोकिएकोले अन्य रोगको उपचारको लागि अर्को अस्पतालको व्यवस्था गर्नुपर्ने समेत डा।जोशीको आग्रह छ ।



मङ्गलबार ०२, बैशाख २०७७ १०:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.