घरमै सीमित, छैन रौनक यस वर्षको बिसु पर्व

Yugnepal     808 पटक पढिएको    

घरमै सीमित, छैन रौनक यस वर्षको बिसु पर्व

 

युग संवाददाता  सुदूरपश्चिमबासीको मौलिक सांस्कृतिक पर्वको रुपमा मनाईंदै आएको बिसु पर्व यस वर्ष भने घरभित्र सीमित हुने भएको छ। कोरोना भाइरसका कारण विश्व नै आक्रान्त भइरहेका बेला नेपालमा पनि लकडाउनका जारी रहँदा यसवर्ष सुदूरपश्चिमबासीहरुको बिसु पर्व घरभित्र सीमित हुने भएको हो।

नयाँ वर्षसँगै सुदूरपश्चिममा विशेष हर्षउल्लासका साथ मनाइँदै आएको पर्वको यस वर्ष कुनै रौनक छैन। देशभरमा अहिलेसम्म कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेश बढी प्रभावित बनेको छ।

कोरोना त्रासले र लकडाउनका कारण अहिले सुदूरपश्चिमका सबै नौ वटै जिल्ला सुनसान छन्। स्थानीय तहले पनि बिसु पर्व घरमै बसेर मनाउन स्थानीय बासिन्दालाई अनुरोध गरेका छन्।

डोटीको सायल गाउँपालिकाले विज्ञप्ति जारी गर्दै भनेको छ, ’नजिकै आइरहेको बिसु पर्व ९नयाँ वर्ष २०७७को पहिलो दिन० मा मेला र भेला नगरी घरभित्रै बसेर मनाउन हुन सबैलाई अनुरोध गरिन्छ ।’

विज्ञप्तिमार्फत् अनावश्यक भीडभाड नगर्न र सामाजिक दूरी कायम राख्न पनि अनुरोध गरिएको छ। भारतमा मजदूरी गर्दै आएका सुदूरपश्चिमबासी बिसु पर्व मनाउने भन्दै घर फर्केका थिए। तर उनीहरु अहिले कोरोना संक्रमणका कारण सयौंको संख्यामा क्वारेन्टाइनमा बसिरहेका छन् भने अधिकांश सुरक्षित साथ आ–आफ्नो घरमै बसिरहेका छन्।

सुदूरपश्चिममा बिसु पर्व हरेक वर्षको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिनगरी दुई दिनसम्म मनाउने प्रचलन छ।

बिसुपर्व मनाउने तयारी भने केही दिन अगाडि देखि नै हुने गर्छ। बिसु पर्वको अवसरमा गाउँघरतिरका घरहरू रातो माटो र कमेरोले पोतेर चिटिक्क पार्ने गरिन्छ भने पक्की घरमा पेन्ट लगाएर सुन्दरता थप्ने काम गरिन्छ। पर्वमा आफन्तलाई निम्तो दिएर घरमा बोलाउने गरिन्छ। वर्षको अन्तिम दिन राति सेल, पुरीलगायत अन्य मिष्ठान्न परिकार बनाएर सबै एक ठाउँमा बसेर खाने चलन रहेको छ।

वर्षको पहिलो दिन देवर–भाउजू, नन्द–भाउजू र साली–भिनाजुहरूले एकआपसमा सिस्नुपानी छ्यापेर बिसु पर्व मनाइने गरिन्छ। वर्षको पहिलो दिन ९बिसुको दिन० सिस्नो लगाउँदा शरीरमा भएका रोगव्याधसमेत हराएर जाने विश्वास गरिन्छ।



सोमबार ०१, बैशाख २०७७ ०१:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.