लक डाउनउल्लंघन बढ्दो कैलाली आइपुगे १९ जना

Yugnepal     1322 पटक पढिएको    

लक डाउनउल्लंघन बढ्दो कैलाली आइपुगे १९ जना

लकडाउन उल्लंघन गदै कैलाली आइपुगे १९ जना 
 ईश्वर जोशी सुख्ड विश्व भर नोभेल कोरोना भाइरस  कोभिड १९  को संक्रमण बढिरहेको भन्दै विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाइ सुरक्षीत राख्ने हेतुले लक डावन अवस्था सृजना गरे अनुरुप नेपालमा पनि संघीय सरकारले चैत्र ११ गते देखि नेपाल भर लागु हुने गरी लक डावनको घोषणा गरेको थियो । काठमाण्डौ लगाएत आसपासमा सर्मीक का रुपमा काम गर्न गएका कैलालीका विभिन्न स्थानीय तहका १९ जना लक डावनका विभिन्न चरण पार गर्दै बिहवार मात्रै कैलाली आइपुगेका छन् । उद्योग कलकारखाना सबै लक डावनका कारणले बन्द भए कारण कामै हुन छोड्यो र आफु सँग भएको रुपैया पैसा पनि सकिए पछि विभिन्न व्याक्ति र संस्थानहरुको सहयोगमा आफुहरु कैलाली सम्म आइपुगेको उनीहरुले बताएका छन् । केहि दिन लगाएर बर्दिया आइपुगेका उनीहरुलाइ बाँसगढि बाट केहि युवाहरुको सहयोगमा चिसापानी सम्म पु¥याइएको थियो भने, त्यस पश्चात घोडाघोडी नगरपालिकाको सहयोगमा नगरपालिकाको ट्रिप्परमा आफुहरु आएको उनीहरुले बताएका छन । कैलालीको घोडाघोडी नगरपालिका १५ जना, वर्दगोरिया गाँउपालिका ३ जना  र गौरिगंगा नगरपालिका एक जना गरी जम्मा १९ जना बिहवार मात्रै कैलाली आइपुगेका हुन । उनीहरुको सामान्य स्वास्थ्य परिक्षण पछि घरमै बस्न सल्लाहा दिदै आफुहले उनीहरुलाइ आआफ्नो घरमा पठाइएको घोडाघोडी नगर स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले बताए ।



शुक्रबार २८, चैत २०७६ १२:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal